सेयर बजारमा उतारचढाव, २२ सय नाघेर फर्कियो नेप्से

0
SHARES
0
VIEWS

 काठमाण्डौं । १६ साउन । 

सोमबारको सेयर बजार तीव्र उतारचढाव देखिएको छ । कारोबार भइरहँदा नेप्से परिसूचकले पटक पटक २२ सय अंक नाघे पनि अन्ततस् २१९६ अंकमा बन्द भयो । यस दिन नेप्से अघिल्लो दिनको तुलनामा जम्मा १ अंक बढेको हो । १२स् ४० बजे नेप्से २२२४ अंकसम्म पुगेको थियो । 

सोमबार कुल ४ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो । बैंकिङ ५, जलविद्युत् १८, उत्पादन १०९ र ब्यापार उपसमूह ७६ अंक बढे । अन्य १०, निर्जीवन बीमा १९, माइक्रोफाइनान्स ५८, जीवन बीमा १९, होटल तथा पर्यटन ६०, फाइनान्स २ र विकास बैंक उपसमूह ५९ अंक घटे । कुल ११५ कम्पनीको मूल्य घटदा ५८ को बढ्यो भने ६ को स्थिर रह्यो । 

बुटवल पावर र गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, जलविद्युत् लगानी तथा विकास कम्पनी, अपी पावर र अरुणभ्याली हाइड्रोपावर क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित