नुवाकोटमा ९१ वर्षीयाले लिईन राष्ट्रिय परिचयपत्र

0
SHARES
0
VIEWS

नुवाकोट । २१ असार ।

नुवाकोटमा ९१ वर्षीया एक वृद्धाले राष्ट्रिय परिचयपत्र बनाएकी छन् । किस्पाङ गाउँपालिका २ ताजीकी चन्द्रकुमारी ढुंगेलले राष्ट्रिय परिचयपत्र बनाइएकी हुन् ।१९८८ कात्तिक १५ गते जन्मिएकी ढंगेलले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सोमबार राष्ट्रिय परिचयपत्र बनाएकी हुन् । उनको नागरिकता नम्बर ५१३८ रहेको छ ।

राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि वृद्धवृद्धाले पनि परिचयपत्र बनाउन थालेका हुन् । पछिल्लो समय विकसित मुलुकमा गएका छोरा÷छोरीले आफ्ना आमाबुवालाई भिजिट भिषामा बोलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने वृद्धवृद्धाको संख्या पनि बढेको छ । जिल्लामा ६० वर्षमाथिका ४५० जनाले राष्ट्रिय परिचयपत्र लिइसकेका छन् । हालसम्म १८ हजार १५२ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् । नुवाकोटमा राष्ट्रिय परिचयपत्र बनाउन ०७७ असार ३१ गतेबाट थालिएको हो ।

छोरा यदुकुमारसँगै जिल्ला प्रशासन पुगेकी चन्द्रकुमारी अष्टेलियामा रहेका छोराछोरी, नाती र पनाती भेट्न जानुअघि परिचयपत्र बनाएको बताएकी छन् । ‘छोरानाती उतै काम गर्न र पढ्न गएका छन् । पनातीको मुख हेर्छु भन्नु भएको छ । परिचयपत्र नबनाउँदा राहदानी बन्दो रहेनछ,’ छोरा यदुकुमारले भने । राष्ट्रिय परिचयपत्र नबनाइ राहदानी नपाइने नियमका कारण नुवाकोट जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय सेवाग्राहीको भीड लाग्ने गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउन आउने अधिकांश जेष्ठ नागरिकसँग आवश्यक कागजपत्र नहुने, विवाह दर्ता नभएको, नामथर फरक, एउटै स्टेसनबाट काम गर्नुपर्दा समस्या भएको कर्मचारीले बताए । यसका लागि प्रत्येक पालिकामा एउटा छुट्ट्रै शाखा राख्नुपर्ने अवस्था आएको कर्मचारीहरू बताउँछन् ।

सरकारले २०६६÷०६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गरिने घोषणा गरी ०६७ साल साउन १ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित