नुवाकोट ।
२ जेठ
नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका पशुपति घलेले ७५२ मत ल्याई ५ मतको अन्तरमा विजयी भएका छन् । उनको निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका आईद घलेले ७४७ प्राप्त गरे । किस्पाङमा नेपाली कांग्रेस विरुद्ध नेकपा माओवादी केन्द्र र नेकपा एमालेले गठबन्धन गरेको छ ।
किस्पाङ १ बाट गाउँपालिका प्रमुखमा गठबन्धन तर्फबाट नेकपाएमालेका बिरबल तामाङले ठ सय ४ मत मतका साथ अग्रता लिएका छन् । नेपाली कांग्रेसका छत्र बहादुर लामाले ६ सय ६८ मत पाएका छन् । यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन प्रसाद न्यौपानेले ७ सय ५८ मत पाएका छन् । नेपाली कांग्रेसका दिल कुमारी मोक्तानले ७ सय ७ मत पाएका छन् । यहाँ १ हजार ६ सय ९५ मत खसेको थियो ।
Discussion about this post