विदुरमा गठबन्धन अगाडि, कसको कति मत ?

0
SHARES
0
VIEWS

नुवाकोट । 

२ जेठ 

नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनका उमेदवारहरुको अग्रता जारी छ । विदुरमा हालसम्म वडा नं १ र २ को मतगणना सम्पन्न भएको छ । ३,४ र ५ को गणना जारी छ । 

पछिल्लो मत परिणाम अनुसार विदुर नगरको मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार राजन श्रेष्ठ ३ हजार ७ सय ५ मत सहित अग्रस्थानमा छन् । मेयर पदमा एमालेृका उमेदवार सञ्जु पण्डितको २ हजार ५ सय ९५ मत रहेको छ । यस्तै, उपमेयर पदमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उमेदवार प्रभा वोगटी २ हजार ५ सय ९४ मत सहित अग्रस्थानमा छिन् । उपमेयरमा नेकपा एमालेकी उमेदवार अम्बिका पौडेल नेपालको २ हजार ५ सय ५३ मत रहेको छ । 

विदुरमा जम्मा मत ३१ हजार २ सय ७ खसेको थियो । विदुरको वडा नम्बर १ मा  १ हजार ६सय ५, वडा नम्बर २ मा २ हजार २ सय ७०, वडा नम्बर ३ मा ३ हजार १ सय ५०, वडा नम्बर ४ मा १हजार ८ सय ७६, वडा नम्बर ५ मा २हजार ८ सय ९३,वडा नम्बर ६ मा २ हजार १ सय ३२, वडा नम्बर ७ मा २ हजार ६ सय ५९ मत खसेको थियो । यस्तै, वडा नम्बर ८ मा २ हजार २ सय ३१, वडा नम्बर ९ मा २ हजार ५ सय ४३, वडा नम्बर १ मा २ हजार २ सय ३३, वडा नम्बर ११ मा १ हजार ८ सय ३३, वडा नम्बर १२ मा २ हजार ५सय ५ र वडा नम्बर १३ मा ३ हजार ३ सय ७ मत खसेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित