रसुवा ।
१ जेठ
अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित एक उमेदवार हाल वडासदस्यमा नै पराजित भएकी छिन् । रसुवाको कालिका गाउँपालिकामा ५ वर्ष पालिका अध्यक्ष चलाएकी सिता अधिकारी यस निर्वाचनमा सदस्यमा कालिका २ को सदस्य पदमानै पराजित भएकी हुन् । जिल्ला समन्वय समितिको नेतृत्व गर्ने गरी एमालेले उनलाई वडा सदस्य उठाएको बुझिएको छ । वडा नं २ मा सम्पुर्ण प्यानल नै कांग्रेसले जितेको छ ।
मत परिणाम अनुसार वडाध्यक्षमा उमेश बहादुर न्यौपाने, महिला सदस्यमा किप्पा थोक्रा, दलित महिला सदस्यमा लिला नगर्जी र खुल्ला सदस्यमा किप्पा छिरिङग स्याङ्बा(कुमार) र शेर बहादुर ग्लान विजयी भएका छन् ।
मत परिणाम सार्वजनिक भएपछि अधिकारीको हारमा दुःख ब्यक्त गर्ने स्थानीयको फेसबुकमा उनले कमेण्ट गरेकी छिन्–मेरो हार होईन, पैसाको जित हो ।
Discussion about this post