नुवाकोट / २१ फागुन ।बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माणकार्य पुन: रोकिएको छ । आम नागरिकको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा फोहरमैला थुपार्ने रणनितिमा लागेको बुझिएको भन्दै धुनीबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माणकार्य रोकेका हुन् ।
स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।
<script async src=”https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-1091973586372431″
crossorigin=”anonymous”></script>
<ins class=”adsbygoogle”
style=”display:block; text-align:center;”
data-ad-layout=”in-article”
data-ad-format=”fluid”
data-ad-client=”ca-pub-1091973586372431″
data-ad-slot=”3728539592″></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script>
‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष श्रीराम ढुंगानाले बताए ।
केही दिन अघिमात्रै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्यण्डफिलसाइटको अनुगमान गरेकी थिइन् ।
Discussion about this post