
भेटपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै काँग्रेस सभापति सुशील कोइरालाले अहिलेको समसामयिक परिस्थिती र निकासका बिषयमा कुराकानी भएको बताउनुभयो । उहाँले दलहरुबीचको सहमति बेगर बजेट आउन नसक्ने दाबी गर्दै संबैधानिकरुपले कामचलाउ भईसकेको सरकारले राष्ट्रिय सहमतिका लागि बाटो खोल्नुपर्ने बताउनुभयो ।
यस्तै एमाले अध्यक्ष खनालले कामचलाउ बनिसकेको सरकारले जबरजस्ती बजेट ल्याउन खोजे त्यसको प्रतिबाद गरिने बताउनुभयो । सरकारबिरुद्धको आन्दोलनलाई आगामी दिनमा सशक्त रुपले कसरी अगाडी बढाउने भन्ने बिषयमा आफुहरुबिच कुराकानी भएको पनि उहाँले वताउनु भयो । खनालले प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहमतिभन्दा बाहिरबाट बजेट नल्याउन सजग बनाईसकेको भन्दै दलहरु वीचको सहमतिभन्दा बाहिरबाट आएको बजेटले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताउनुभयो .
Discussion about this post