म्यागङ गाउँपालिका

0
SHARES
1
VIEWS
म्यागङ गाउँपालिका

म्यागङ गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७।८३ वर्ग किमि र जनसंख्या १२,६६८ ९२०७८ को जनगणना अनुसार० रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं। वडाको चिउरिभञ्ज्याङमा रहेको छ ।

विभिन्न प्रजातीका रुखहरु,चिलाउने,सल्ला,उतिस,वकाइनो साल आदि यहाँ पाइन्छन् । जडिबुटि उत्पादनको सम्भावना रहेको यस गा।पा। भित्र विभिन्न औषधि जन्य जडिबुटि का साथै टिमुर,चिराइतो,धुपि आदि पाइन्छन् ।
सामरी खोला,कुन्दल खोला,वर्चेत सलाँखु,शान्ती खोला,थम्बु खोला,घ्याप्रीङ खोला,तुम्जुङ खोला,वोल्देपोखरी,साप्चेत खोला,गोगने खोला,मिनी खोला,थोपल खोला,लुङमाचेत खोला,सलाखु खोला आदि प्रमुख खोलाहरु छन् । साथै यिनै खोलाहरुवाट साना जलविद्युत आयोजना सञ्चालनका लागी सम्भावना रहेका छन् ।
मेघाङ डाँडा,नाउर,लाम्डापाङ,क्रईपङ्ग,फइसिंमने,पोखरीगङ्ग,कल्लेरीगङ्ग,पासम्चोक,डुखङ,उरग्यान्पो,ताक्पा गाङ,लिङगरचो,कतोल्हा टुँडी डाँडा,वेकरनेन डाँडा पनेरा भन्ज्याङ डाँडा,थाङमाचोत,ग्युरमाने,थलागाङ,च्यारगाङ डाँडा,उचेनडाँडा,गोम्वोगाङ आदि उच्च डाँडाहरु छन् । जहाँ पर्यटकीय स्थल निर्माणका लागि सम्भावना छन् । स्थानीय बजारहरुमा सामरी भन्ज्याङ, देउराली बजार रहेको छन् । यातायातमा सवै कच्चि बाटो भएको र बस, आइचर आदिको सुविधा रहेको छ ।

कमलो माटो, भिरालो धरातल ,विकट स्थलहरुका कारण विकासको प्रतिफल प्राप्तीका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने तर यातायातमा सहज पुहुँच पु.याउन सकिएमा उपलब्धीका सम्भावनाहरु पनि प्रसस्त छन् । विशेष गरी यस गा। पा। क्षेत्र भित्र सहज सडक निर्माण हुन सकेमा स्थानीय जनथ्जीवनमा आर्थिक ,सामाजिक पूर्वाधारका सवै अन्य क्षेत्रको विकासमा समेत महत्वपूर्ण उपलब्धी हासील हुन सक्ने आशा गर्न सकिन्छ । कृृषि, पर्यटन शिक्षा, स्वास्थ्य ,सवै क्षेत्रको विकास यातायातको सहजीकरणमा निर्भर देखिन्छ । गरिवी निवारणका लागि साना घरेलु उद्योग ,नगदे वाली तर्फ आकर्षण, तरकारी खेतीको व्यवसाय, होमस्टे,पर्यटकिय स्थल पहिचान र व्यवस्थापन सहकारीको विकास ,पशुपालन आदिबाट म्यागङ गाउँपालिकाको आर्थिक उन्नतीमा टेवा पुग्ने देखिन्छ ।
विभिन्न ठूला साना पहिरो नियन्त्रण हुन नसक्दा स्थानीयबासी चिन्तित रहि आएका छन् । उर्वर भुमीमा साना सिंचाइको व्यवस्था मिलाई उपयुक्त प्रविधि भित्र्याउन सकेमा कृषि तथा नगदे बालीको उत्पादनमा वृद्धिदरको सम्भावना रहेको छ । ठाडोभिरालो जमिनका कारण धरातलीय कठिनाइ र चुनौती प्रमुख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित