छाँगाखोला झरनामा मेला

0
SHARES
351
VIEWS

१५ साउन, २०८१, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा रहेको छाँगाखोला झरनामा आज मेला सम्पन्न भएको छ । ‘स्थानीय पर्यटन प्रवर्धनका लागि गन्तव्य तारकेश्वर’ अभियान अन्र्तगत तारकेश्वर गाउँपालिकाले १ दिने छाँगाखोला झरना अवलोकन मेला आयोजना गरेको हो ।
मेलामा गाउँपालिकाका पदाधिकारी, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी लगायत स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो । तारकेश्वर गाउँपालिका वडा नं १ मा रहेको यस झरनाको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मेला आयोजना गएिको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिनुभयो । साउन १५ को अवसर पारेर आयोजित मेलामा सहभागीहरुलाई खिर खुवाईएको थियो । नुवाकोटको बट्टार बजारबाट करिब १ घण्टाको सवारीसाधन यात्रा वा बेलकोटगढी ७ को रातमाटेबाट आधा घण्टाको सवारीसाधन यात्रामा यस झरना पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित