कर्मचारीलाई सरुवा निवेदन दिन संघीय मन्त्रालयको आह्वान

0
SHARES
4
VIEWS

श्रावण १६, २०८१ काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन आह्वान गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर एक मन्त्रालय, निकाय वा अर्को कार्यालयमा सरुवा हुन चाहने उपसचिव तहसम्मका कर्मचारीले इच्छाएको ठाउँ उल्लेख गरेर निवेदन दिन सक्नेछन् ।

सूचनामा निजामती ऐन २०४९ तथा नियमावली २०५० अनुसार मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १५ गतेसम्म सरुवा गर्ने उल्लेख छ । त्यस्तै क्षेत्रीयस्तरका निकायहरुले असोज १६ देखि मसान्तसम्म सरुवा गर्ने नियमावलीमा व्यवस्था गरिएको छ । सोही अनुसार मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर निवेदन माग गरेको मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव कमल भट्टराइले जानकारी दिए ।

संघीय मामिला मन्त्रालयले उपसचिवसम्मको सरुवा भदौ १ देखि भदौ मसान्तभित्र गर्नेछ । ‘ऐनमा उल्लेख भएपनि कतिपय कर्मचारीले सरुवाको समय याद नगर्ने भएकाले पनि सूचना प्रकाशित गरेका हौं,’ भट्टराईले भने । मन्त्रालयले उपसचिवसम्मको सरुवा गर्नेछ भने सहसचिवको सरुवा मन्त्रिपरिषद्ले गर्ने ऐनमा उल्लेख छ । सहसचिवको सरुवा अवधि नहुने र सरकारले जतिबेला पनि सरुवा गर्न सक्ने भएकाले यसलाई दुरुपयोग गरेर १५–१५ दिनमा जथाभावी सरुवा गर्दै आएको छ । उपसचिव भट्टराइले सरुवा हुन चाहनेले सूचना प्रकाशित भएको १५ दिन भित्रमा निवेदन दिनुपर्नेछ । निवेदन इमेलबाट पनि पठाउन सकिने उनले जानकारी दिए । सरुवा हुन चाहनेले आफ्नो वैयक्तिक विवरण(पीआइएस) अद्यावधिक गरी इमेलमार्फत निवेदन पठाउन सक्ने व्यवस्था गरिएको छ । उपसचिवसम्म कम्तिमा दुई वर्ष सरुवा भएको स्थानमा राख्ने नियमावलीमा व्यवस्था भएपनि लागू हुन सकेको छैन ।

संघीय निजामती कर्मचारीको दरबन्दी ५१ हजार ५ सय ३६ रहेको छ । तीमध्ये हाल ४१ हजार ६ सय ६४ दरबन्दीमा मात्र कर्मचारले काम गरिरहेका छन् । ९ हजार ८ सय ९४ दरबन्दी रिक्त छ । स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरु भने महिना/ महिनामा परिवर्तन हुने गरेका छन् । सरुवा व्यवस्थपान गर्न मापदण्ड तयार भइरहेको संघीय मन्त्रालयका सहसचिव सुमन दाहालले बताए । उक्त मापदण्ड पटक–पटक छलफल गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित