लाखे नाँच शुरु

0
SHARES
83
VIEWS

नुवाकोट । नुवाकोटका विभन्न स्थानमा लाखे नाँच शुरु भएको छ । हरेक वर्षको घण्टाकर्ण चर्तुदशी (श्रावण कृष्ण चतुर्दशी)का दिनदेखि शुरु हुने लाखे नाँच यो वर्ष पनि यही दिन शुक्रवारबाट शुरु भएको हो ।
जिल्लाको त्रिशूली, विदुर, बट्टार, गंगटे, नुवाकोट, बेत्रावती लगायत स्थानमा लाखे नाँच हुँदै आएको छ । नेवार समुदायको संस्कृतिमा पर्ने लाखे नाच पछिल्लो समय सबै समुदायको सद्भाव पर्वको रूपमा लोकप्रिय बन्दै गएको छ । नुवाकोटका बजार क्षेत्रमा नेवार समुदायका युवा पुस्ताले लाखे नाँचलाई निरन्तरता दिदै आएको पाईन्छ । विदुर ५ गंगटेमा रहेको लाखेदेविस्थानमा विधिवत पुजा गरी त्यहाँको लाखे नाँच शुरु भएको हो ।
घण्टाकर्ण चतुर्दशीको दिनदेखि विधिवतरूपमा शुरु भएको नाचलाई श्रीकृष्ण जन्माष्टमीका दिनसम्म निरन्तरता दिने गरिएको छ । यसैबीचमा पितृपक्ष गाईजात्रा पर्व पनि पर्दछ । अष्टमीका दिन दिनभरको प्रदर्शनीपश्चात राति विधिवत् रूपमा नाचलाई विसर्जन गर्ने चलन छ । टाउकोमा मुकुट लगाएर देवी–देवताका पहिरनमा परम्परागत् बाजागाजासहित नाच्दै बजार र चोक परिक्रमा गर्दा सबै उमेर समूहका मानिसले मनोरञ्जन प्राप्त गर्दछन् । लाखे नाच हेर्न बजार तथा चोकमा मानिसहरूको ठूलो घुइँचो नै लाग्ने गर्दछ ।
काठमाडौं उपत्यकामा लाखे नाचको चलन कहिले र कसको पालादेखि शुरु भयो भन्ने कुरामा मतभेद रहेको पाइन्छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनेका छन् भने कसैले नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क राखेका छन् । नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गराएका हुन् भनिएता पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने शुरु भएको मानिन्छ । संस्कृतिविद्हरुका अनुसार लाखे नाच रणबहादुर शाहको पालामा बिफर फैलिएर सिकिस्त विरामी परेकाहरुलाई नेपाल मण्डलाबाट निकाला गरिएका थिए । निकाला गरिएका नेवारहरुले आफ्ना कथा व्यथालाई नाचको माध्यमबाट व्यक्त गर्ने परम्परा बसालेका हुन् भनेका छन् । विभिन्न मतविभेदका बाबजुद अध्ययनकर्ताहरुले परापूर्वकालमा मानव सभ्यताको विकाससँगै यसको शुरुवात भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित