२० साउन, नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं १ ले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणसँगै स्वास्थ्य परिक्षण गरेको छ । भत्ता पाउन योग्य नागरिकलाई परिचयपत्र नविकरण र दर्तामा सहजता प्रदान गर्न वडा कार्यालयले नागरिकको घरदैलोमा नै परिचयपत्र नविकरण र स्वास्थ्य परिक्षण गरेको हो । वडाले घरदैलोमानै आएर परिचयपत्र नविकरण सहित स्वास्थ्य परिक्षण गरिदिदा सेवाग्राहीहरु खुसी भएका छन् ।
यसक्रममा शुक्रवार साबिक लच्याङ–७ मा बसोबास गर्ने लाभग्राहिहरु ८१ जना को सामाजिक सुरक्षा भत्ता परिचपत्र नवीकरण र स्वास्थ्य परिक्षण गरिएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । आगामी शुक्रवार साबिक लच्याङ ३ मा बसोबास गर्ने लाभग्राहिहरुको लागि डिट्ठास्वारामा नवीकरण शिबिर र स्वास्थ्य परिक्षण शिबिर सन्चालन हुने तामाङले बताए । यसअघि, साबिक लच्याङ–२ मा बसोबास गर्ने लाभग्राहिहरु ६७ जना को सामाजिक सुरक्षा भत्ता परिचपत्र नवीकरण र स्वास्थ्य परिक्षण गएिको छ । यस्तै साबिक लच्याङ–४÷५ मा बसोबास गर्ने लाभग्राहिहरु ९१ जना को सामाजिक सुरक्षा भत्ता परिचपत्र र नवीकरण र स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । यस्तै, साविक लच्याङ–८ धोबिखोला मा बसोबास गर्ने लाभग्राहीहरु मध्ये ३७ जना लाभग्राहिहरु को सामाजिक सुरक्षा भत्ता परिचपत्र र नवीकरण र स्वास्थ्य परिक्षण गरिसकिएको तामाङले जानकारी दिए ।
Discussion about this post