मंसिर १७, २०८१
ककनी । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार मिलन घिमिरेले १ हजार ८५ मत ल्याएर जित हासिल गरेका हुन् । ककनी गाउँपालिका २ को अध्यक्षमा कांग्रेसका सूर्य तामाङ ५ सय ८७ मत ल्याएर दोस्रो भए भने एमालेका यमबहादुर लामाले ३ सय ४१ मत ल्याएर तेस्रो भएका छन् । रास्वपाका उम्मेदवार मंगलसिद्धी लामा तामाङले ८३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवारले २८ मत प्राप्त गरेका थिए ।
Discussion about this post