पत्रकार महासंघमा प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल

0
SHARES
0
VIEWS

काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले संयुक्त प्यानलको उमेदवारी घोषणा भएको छ । युनियन र चौतारीको संयुक्त प्यानलबाट अध्यक्षमा निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बाग्चन्द, महिला उपाध्यक्षमा नितु पण्डित रहेका छन् ।

त्यस्तै महासचिवमा रामप्रसाद दाहाल, सचिव खुल्लामा रमेश खतिवडा, सचिव मधेशीमा अशोक तिवारी, आदीवासी जनजाती सचिवमा सविन प्रियसन, सचिव महिलामा सोनी शर्मा, सचिव दलितमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठ पराजुली रहेका छन् । त्यसैगरि यो समूहबाट कोषाध्यक्षमा रामकृष्ण ज्ञावलीलाई उमेवारी दिएका छन् । लेखा समितिको संयोजकमा केसी लामिछानेको उमेदवारी परेको छ ।

अध्यक्ष, महिला उपाध्यक्ष, आदीवासी जनजाती सचिव, कोषाध्यक्ष र लेखा समितिको संयोजकमा प्रेस चौतारी नेपालले उमेदवारी दर्ता गरेको छ भने वरिष्ठ उपाध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव, खुल्ला सचिव, मधेशी सचिव, आदीवासी जनजाती सचिव, महिला सचिव दलित सचिव, एसोसिएट सचिवमा प्रेस युनियनले उमेदवारी दर्ता गराएको छ ।

संयुक्त प्यानलबाट अध्यक्षमा उमेदवार दिएकी शर्माले पोखराको आर्दश समाजबाट पत्रकारिता सुरु गरेकी हुन् । उनले श्री सगरमाथा दैनिक हुँदै कान्तिपुर दैनिकको समकोण कार्यक्रम संचालन गरेकी थिइन् ।

नेपाल प्रेस युनियनबाट नेतृत्व गरेर बरिष्ठ उपाध्यक्षका उमेदवार बनेका दिपक आचार्य लामो समयदेखि पत्रकारितामा छन् । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष आचार्य चितवनलाई आधार बनाएर पत्रकारितामा क्रियाशील छन् । २०६१ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यको उमेदवार बनेका आचार्य सो भन्दा पछि नेपाल प्रेस युनियनमा सक्रिय भए । आचार्य विषेश गरि पत्रकारिताको प्रशिक्षणमा बढि केन्द्रीत थिए ।

त्यस्तै समावेशी उपाध्यक्ष बागचन्दले लामो समय विविसी नेपाली सेवामा कार्यरत थिए । अहिले उनी पत्रकारितासंगै सूचनाको हक स्थापित गर्ने अभियानमा जुटेका छन् ।

महासचिवका उमेदवार रामप्रसाद दाहाल रातोपाटी डटकमको सम्पादक छन् । कान्तिपुर, स्पेसटाइम, राजधानी, इमेज टिभी, राइजिङ नेपाल लगायतका संचारमाध्याममा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व सचिव हुन् । दाहाल श्रमजिवी पत्रकारको मुद्दा उठाउने स्थापित पत्रकार नेतामा पर्ने गर्दछन् ।

जसमध्ये बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्षमा युनियनले उम्मेदवारी दिनेछ भने कोशी, मधेश, कर्णाली र उपत्यका अध्यक्षमा चौतारीले उम्मेदवारी दिनेछ । चौतारी र युनियनले ७७ जिल्ला मध्ये ३६ मा चौतारी र ४१ जिल्लामा युनियनले लिने सहमति गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित