‘पिकनिक स्पट’ बन्दै पञ्चकन्याको बिपी पार्क

0
SHARES
6
VIEWS

नुवाकोटको कविलासमा निर्माणाधिन बिपि पार्क पिकनिक र आन्तरिक पर्यटनका लागि नयाँ गन्तब्य हुने भएको छ । नेपाल सरकारको एक वडा एक पार्कको नीतिलाई कार्यान्वयन गर्न यो योजना अगाडि बढिरहेको हो ।
अधेरी सामुदायिक वनको करिव ७० रोपनी क्षेत्रफल भित्र प्रवेशद्धार, पिकनिक स्टल, र बस्न मिल्ने संरचना निर्माण भएका छन् । ‘वडाको बजेट, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र बागमती प्रदेश सरकारको पर्यटन मन्त्रालयको सहयोगमा बीपीपार्क निर्माण गरिँदैछ’ वडाध्यक्ष रामशरण श्रेष्ठले भने– ‘पार्क निर्माणका लागि हालसम्म १२ लाख ९८ हजार रुपैयाँ खर्च भइसकेको छ ।’ श्रेष्ठका अनुसार पार्क निर्माणको काम २०८० सालमा सुरु भएको हो । २०७९ सालमा वडा अध्यक्ष निर्वाचित भएर आएपछि यस योजनाको सुरुवात गरेको श्रेष्ठले जानकारी दिए । सुरुमा वडाको ३ लाख बजेटबाट कामको सुरुवात भयो । त्यसपछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत ३ लाख बजेट पर्यो । बागमती प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट अर्को ८ लाख बजेट प्राप्त भएको छ। पार्कसम्म पुग्नका लागि १,००० मिटर लामो भित्री बाटो निर्माण गरिएको छ, जसका लागि श्रमदान गरिएको हो । पार्क क्षेत्रमा निर्माण गरिएको छ। पार्क छिर्ने ठाउँमा गेट आफूले निजी खर्चबाट निर्माण गरेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पार्क क्षेत्रबाट नुवाकोट र रसुवाका विभिन्न भूभागको दृश्यावलोकन गर्न सकिन्छ। नुवाकोटको शिवपुरी गाउँपालिकाबाहेक सबै स्थानीय तह देख्न सकिन्छ । रसुवाको कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिका देख्न सकिन्छ । पार्कलाई पिकनिक स्पटका रूपमा विकास गर्न र आन्तरिक पर्यटनको गन्तव्य बनाउन योजना अघि बढाइएको छ । भविष्यमा यस ठाउँलाई पाराग्लाइडिङ जस्ता साहसिक पर्यटन गतिविधिका लागि समेत विकास गर्न सकिने श्रेष्ठको विश्वास छ । पिकनिक आउँदा पानी पर्यो भने ओत लाग्ने ठाउँ बनेको छ। दुईवटा पिकनिक स्पट निर्माण गरिएको छ । मानिसहरू आएर सेल्फी भिडियोहरू खिचुन भएर यहाँ सेल्फी खिच्ने ठाउँ बनाउने श्रेष्ठको योजना छ । यस ठाउँमा पिउने पानी र शौचालयको पनि अभाव छ । श्रेष्ठले खानेपानी र शौचालय निर्माण गर्न आवश्यक बजेटको खोजी भइरहेको जानकारी दिए । उनले नेता प्रकाशशरण महत, बागमती प्रदेशका मुख्यमन्त्री, र अन्य नेताहरूसँग समन्वय गरी थप सहयोग प्राप्त गर्ने योजनामा रहेको बताए ।
वडाध्यक्ष श्रेष्ठले कपिलेश्वर पञ्चकन्या वडा नं. २ मा थालिएको योजनाहरूले आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास लिएका छन् । बीपी पार्क निर्माण, वन संरक्षण, र धार्मिक स्थलहरूको विकासले कविलासलाई एक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने सम्भावना छ । नुवाकोट एक्सप्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित