माघ ११, नुवाकोट । नुवाकोटको विदुर नगरक्षेत्र भित्र पर्ने पासाङल्हामु सडकको खाल्डाखुल्डी पुरेर कालोपत्रे शुरु गरिएको छ । विदुर ५ गंगटेबाट विदुर १ ढुङ्गेसम्म रहेका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्न शुरु गरिएको हो ।
विदुर नगरपालिका–२ , ४ र १ स्थित भीमसेन माविबाट बट्टार, बिदुरहुँदै ढुङ्गे महादेव मन्दिरसम्म सडकमा रहेका खाल्डाखुल्डीलाई विदुर नगरपालिकाको यन्त्र उपकरण, जनशक्ति एंव आर्थिक लगानीमा कालोापत्रे शुरु गरिएको हो । सवारीसाधनको चाप रहने भएकोले कालोपत्रे कार्य यथाशक्य छिटो सम्पन्न गर्न विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले निर्देशन दिएका छन् । मुख्य बजार क्षेत्रमा रहेका खाल्डाखुल्डीले यात्रुलाई यातायात साधन सञ्चालनमा अहसहजता हुँदै आएको थियो ।
Discussion about this post