लायन्सद्धारा न्यानो कपडा वितरण

0
SHARES
12
VIEWS

नुवाकोट । १२ माघ । लायन्स क्लब अफ नुवाकोट क्यापिटल र नुवाकोट आदर्शले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । दुई क्लवको संयुक्त आयोजनामा जिल्लाको लिखु गाउँ पालिका वडा नम्बर ३ स्थित नव प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत ७९ जना विद्यार्थीको लागि न्यानो कपडा स्कुल ड्रेस वितरण गरिएको हो ।
लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालका गभर्नर लायन बिनोद ढुङ्गानाको प्रमुख आतिथ्यतामा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लायन्स क्लब अफ नुवाकोट क्यापिटल र नुवाकोट आदर्श क्लबका अध्यक्षद्वय लायन केशब मिश्र र लायन अम्बिका पौडेलले क्लवले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको वताउनुभयो । न्यानो कपडा वितरणका लागि लायन राजेन्द्र प्रकाश पाण्डेले संयोजन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित