एमाले रसुवा अध्यक्ष ढकालद्धारा पार्टी परित्याग

0
SHARES
1.1k
VIEWS

नुवाकोट । २४ फागुन । नेकपा एमालेको रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन् । जिल्ला समितिमा आफू घेराबन्दीमा परेको र काम गर्न नपाएको भन्दै ढकालले परित्यागको घोषणा गरेका हुन् ।
पार्टीको बैठकमा आफूलाई हात हाल्ने सम्मको काम भएको भन्दै उनले एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता मार्फत पार्टी त्यागको घोषणा गरेका हुन् । आफूले पार्टीको प्रदेश कमिटिमा राजिनामा दिएपनि स्विकृत नभएको उनले बताएका छन् । विभिन्न पार्टी चाहार्दै हिडेको ब्यक्ति पार्टीको जिल्ला ईन्चार्ज बनेको र आफूमाथि अन्याय गरेको ढकालले बताएका छन् । ‘आजकै मितिबाट पार्टीको जिल्ला अध्यक्ष मात्र नभई संगठित सदस्यता समेत परित्याग गरेको छु’ – ढकालले भने– ‘म अन्य पार्टीमा जान्न, स्वतन्त्र नागरिकको रुपमा रहनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित