नुवाकोट क्याम्पसमा तोडफोड

0
SHARES
240
VIEWS

नुवाकोट । २४ फागुन ।
नुवाकोट आदर्श वहमुखी क्याम्पसमा तोडफोड भएको छ । स्ववियु निर्वाचनको सन्दर्भमा भइरहेको सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि विप्लव निकट समाजबादि विद्यार्थी (बिप्लप)संगठनले क्याम्पसमा तोडफोड गरेका हो । वार्तामा सहमती हुन नसकेपछि माइन्युट च्यातिएको र संगठनहरुविचमा झडप समेत भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार, बुधबार (फागुन २१) मतदाता सूची प्रकाशन भईसकेको छ । फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उमेदवारको मनोनयन दर्ता गरिनेछ । त्रिविले मतदान आउँदो चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्मका निम्ति तोकेको छ ।

घटना र क्षतिको पूर्ण विवरण आउन वाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित