नुवाकोट । २४ फागुन ।
नुवाकोटको लिखु गाउँपालिका १ ढिकुरेमा बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस्ट र नेपाल रेडक्रस सोसाइटी खानीगाउँ उप शाखाको संयुक्त आयोजनामा सम्पन्न शिविरमा नौ सयजना भन्दा बढि सेवाग्राहीले सेवा लिएको छन् ।
शिविरमा आएका विरामीलाई राजधानीका चर्चित अस्पतालमा सेवारत चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नभएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुन नरसिंह केसीले सामाजिक सेवाको भावनाले ट्रष्ट स्थापना गरिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी ढिकुरे उपशाखाका अध्यक्ष प्रकाश ढकालको सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा ट्रष्टका अध्यक्ष डा केदार नरसिंह केसी माहासचिब संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी, जिसस सभापति रजिन्द्रबिक्रम ठकुरी, लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठ, वडानं १ का अध्यक्ष नरहरि पान्डे वडानं ३ का अध्यक्ष राम पुलामी नुवाकोट रेडक्रस सभापति हरि श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको छ । नेपाली कांग्रेसका नेता पूर्व शिक्षा, स्वास्थ्य मन्त्री माननीय अर्जुन नरसिंह केसीको स्वर्गीय मातापिताको नाममा ट्रष्ट स्थापना भएको हो । शिविरमा २१ जना रक्तदाताहरूले रक्तदान समेत गरेका छन ।
Discussion about this post