४९ जनामा क्षयरोगको शंका

0
SHARES
8
VIEWS

नुवाकोट । ९ चैत्र ।
विदुर नगरपालिकाको स्वास्थ्य शाखाले नगरका दुईवटा वडामा क्षयरोग पहिचानका लागि निःशुल्क शिविर सम्पन्न गरेको छ । शाखाको आयोजनामा विदुर नगरपालिका वडा नं ५ को देविघाट र १० को गेर्खुटारमा शिविर सम्पन्न भएको हो ।
वडा नं. ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवनमा भएको शिविरमा १ सय ६५ जना र ८ गते वडा नं. १० स्थित शहरी स्वास्थ्य केन्द्र गेर्खुटारमा भएको शिविरमा २ सय ८ जनाको एआई एक्सरे मार्फत क्षयरोगको पहिचान सम्बन्धि निःशुल्क शिबिर बाट सेवा दिइएको हो । शिविरमा एआई एक्सरे प्रविधिबाट परीक्षण गर्दा शंकास्पद ४९ जना व्यक्तिको खकार नमूना थप परीक्षणको लागी त्रिशूली अस्पतालमा पठाइएको शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिनुभयो । शिविरमा नगरप्रमुख राजन श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, विदुर ५ मा वडाध्यक्ष लिलानाथग न्यौपाने र वडा नं १० मा वडाध्यक्ष गणेशकुमार नेपाल, त्रिशुली अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी लगायतले शुभकामना दिनुभएको थियो ।
शिविरमा बिदुर नगरपालिका, क्षयरोग नियन्त्रण केन्द्र ठिमी भक्तपुर र त्रिशुली अस्पताल, नुवाकोट का चिकित्सक तथा स्वास्थ्य प्रविधिक हरु बाट सेवा प्रदान गरियको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित