यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुने आँकलन

0
SHARES
0
VIEWS

काठमाडौँ, असार १८ गते । यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुन सक्ने आँकलन गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने आँकलन गरिएको जानकारी दिनुभयो ।  डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन उहाँले आग्रह गर्नुभयो । साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम छ ।

उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट १६ सय को हारहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नहुँदा, परीक्षण भए पनि रिपोर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको उहाँको भनाइ छ ।

४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार १० हजारको हाराहारीमा डेङ्गुका बिरामी समाजमा छन् । उहाँ भन्नुहुन्छ,“तथ्याङ्कमा डेङ्गु सङ्क्रमण कम देखिए पनि समाजमा १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा नआएको हुँदा समाजमा डेङ्गु सङ्क्रमण फैलिने सम्भावना उच्च छ ।” डा।दाहालले डेङ्गु बढ्ने अनुमान गरी कार्ययोजना तथा प्रदेशसँग समन्वय गरी डेङ्गु नियन्त्रण गर्ने तयारी गरेको बताउनुभयो । यो आर्थिक वर्षका लागि डेङ्गु नियन्त्रण गर्न करिब १० करोड बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि पाँच वर्षीय बहुनिकाय योजना तयार भई स्वीकृतिका लागि अन्तिम अवस्थामा छ ।  डेङ्गुबाट हुने मृत्युको जोखिमलाई कम गर्न निजी तथा सरकारी अस्पतालका १७ सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मी डेङ्गु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पताललाई तयारी अवस्थामा राखेको उहाँको दाबी छ ।  महाशाखाले डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियानलाई चुस्त दुरुस्त बनाउने काम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

डा। दाहालका अनुसार डेङ्गु परीक्षणका लागि यो आर्थिक वर्षमा ५७ हजार किट प्रदेश तथा स्थानीय तहमा वितरण गरिसकेको छ । हाल ३० हजार किट प्रदेशमा पठाई सकिएको र २५ हजार  किट स्वास्थ्य सेवा विभागमा मौज्दात रहेको उहाँको भनाइ छ । डेङ्गु नियन्त्रण गर्न व्यक्ति स्वयं पनि जिम्मेवार भएकाले डेङ्गु नियन्त्रण गर्ने उपाय अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित