बालुवाटार बैठक : निर्वाचनमा जान सबै दल तयार

0
SHARES
10
VIEWS

काठमाडौँ, पुस १२ गते । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दल तयार भएका छन्।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित