नुवाकोटमा ३१ जनाको उमेदवारी

0
SHARES
4
VIEWS

नुवाकोट । ६ माघ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटको २ वटा क्षेत्रबाट ३१ जनाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नंवर १ वाट १३ जना दलका प्रतिनिधी तथा पाँच जना स्वतन्त्र सहित १८ जना उमेदवारले उमेदवारी दर्ता गराएका हुन् । यस्तै क्षेत्र नंवर २ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं. १ को खरानीटारमा र क्षेत्र नं. २ को विदुरमा उम्मेदवारी दर्ता गरिएको हो ।
क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमालेका जिल्ला अध्यक्ष वद्री मैनाली, नेकपाका केन्द्रिय सदस्य हितवहादुर तामाङ उमेदवार छन् । यस्तै, रास्वपाका विक्रम तिमिल्सिना, राप्रपाका विमल थापा, मितेरी पार्टी नेपालका विवेक सिलवाल, नेमकिपाका रविन्द्र डंगोल, प्रगतीशील लोकतान्त्रिक पार्टीका राजन गौतम, नेकपा माओवादीका महेन्द्र तामाङ, मंगोल नेशनल अर्गनाइजेसनका कुमार रानामगर, श्रम संस्कृति पार्टीका दावावेन्जो लामा, उन्जालो नेपाल पार्टीका अमित तामाङ, जसपा नेपालका होमवहादुर राईले उम्मेदवारी दर्ता गराएका छन् । रामेश्वर भण्डारी, चेपे तामाङ, सन्जिव गुरुङ, राजु थापा र माधव थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, क्षेत्र नंवर २ वाट नेपाली कांग्रेसवाट जगदीश्वरनरसिंह केसी, नेकपा एमालेवाट केशवराज पाण्डे, नेकपावाट हिरानाथ खतिवडा, रास्वपावाट अच्युतम लामिछाने, राप्रपाका झनकवहादुर प्याकुरेल, मंगोल नेशनल अर्गनाइजेसनका रेन्छेन तामाङ, नेकपा संयुक्तका किरण तिमिल्सिना, नेकपा माओवादीका नवराज ढुंगाना, श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङ, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले, नेमकिपाका सुवास भट्ट, प्रगतीशील लोकतान्त्रिक पार्टीका रजमान तामाङ र आम जनता पार्टीका मानसिं गदाइलीले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. १ वाट उम्मेदवारी दिएकाहरुमा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत र नेकपाका हितवहादुर तामाङ पूर्व संघियमन्त्रि हुन् भने नेकपा एमालेका बद्री मैनाली प्रदेशका पूर्वमन्त्रि हुन् । यस्तै क्षेत्र नं. २ वाट केशवराज पाण्डे प्रदेशका पूर्वमन्त्रि हुन् । क्षेत्र नं २ का कांग्रेस उमेदवार जगदिश्वर नरसिंह केसी संविधानसभा सदस्य हुन् ।
उमेदवारहरुले वाजागाजा र नाराजुलुशसहित उमेदवारी दर्ता गराएका हुन् । निर्वाचन हुने नहुने अन्यौलता भईरहेको समयमा नुवाकोट सहित देशैभर उमेदवारी दर्ता भएसँगै फागुन २१ को निर्वाचन सुनिश्चित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित