बसको ठक्करबाट किस्पाङकी भट्टको मृत्यु

0
SHARES
251
VIEWS

नुवाकोट । १ असार । नुवाकोटको विदुर १ ढुङ्गेमा आईतवार भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बसको ठक्करबाट किस्पाङ गाउँपालिका वडा नं. ५ शान्तिबजारकी ५४ वर्षिय अम्बिका भट्टको मृत्यु भएको हो ।
भट्टलाई बिहान ११ः३० बजे ढुंगेबाट रसुवातर्फ जाँदै गरेको ना ४ ख ४८४ वसले ठक्कर दिएको हो । बसको ठक्करबाट घाईते अवस्थामा उद्दार गरी उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाईएको थप उपचारको लागि ग्रीनसिटी अस्पताल काठमाण्डौमा पठाईएकोमा उपचारको क्रममा आजै दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रहरीले बसका चालक रसुवा उत्तरगया गाउँपालिका वडा नं.३ ठुलोगाँउ बस्ने बर्ष ४२ को जिवन गुरुङलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित