नुवाकोटको तारकेश्वर गाउँपालिकामा रहेको छाँगाखोला झरनाको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सक्रियता देखाएको छ । पालिकाले ‘स्थानीय पर्यटन प्रवर्धनका लागि गन्तव्य तारकेश्वर’ अभियान अन्र्तगत १ दिने छाँगाखोला झरना अवलोकन मेला आयोजना गरेको हो ।
यस स्थानको प्रचारप्रसारका लागि आगामी श्रावण १५ गते सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, आमाबुबा, दाजुभाई, दिदिबहीनी तथा आम तारकेश्वर वासिन्दाको उपस्थितीमा खिर खाने र यहाँ पर्यटन प्रबद्र्धन गर्न केकस्ता योजना बनाउन सकिन्छ भन्नेबारेमा छलफल आयोजना गरेका छौ–गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिनुभयो ।
तारकेश्वर गाउँपालिका वडा नं १ मा रहेको यस झरनाको दृष्याबलोकन गर्न केहि वर्ष यतादेखि आन्तरिक पर्यटक भित्रने क्रम जारी रहेको छ ।
Discussion about this post