जग्गाको सरकारी मूल्याङ्कन न्युन

0
SHARES
11
VIEWS

१० साउन, २०८१, नुवाकोट । नुवाकोटमा प्रचलित बजार मूल्यभन्दा कममा जग्गाको सरकारी मूल्याङ्कन दररेट सार्वजनिक भएको छ । जग्गाको न्युनतम मूल्य निर्धारण समितिले सार्वजनिक गरेको दररेट प्रचलित बजारमूल्य भन्दा एक चौथाई भन्दा कम रहेको पाईएको छ ।
असार अन्तिम साता न्युनतम मूल्य निर्धारण समितिको बैठकले नयाँ दररेट सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ का लागि जग्गा लिखत पारित (रजिष्ट्रेशन)को प्रयोजनार्थ नयाँ दररेट सार्वजनिक भएको हो । सार्वजनिक दररेट अनुसार बट्टार वजारको राममन्दिरबाट त्रिशूली पुलसम्मको सडक दायाँबायाँका जग्गा जिल्लाकै सवैभन्दा बढि मुल्यको रहेको छ । यहाँको जग्गा १ रोपनीको १ करोड १० लाख दररेट रहने छ । त्यहाँबाट देविघाट जाने सडक दायाँवायाँको जग्गा प्रतिरोपनी ६० लाख दररेट तोकिएको छ । बट्टार वजारको मुख्य बजार क्षेत्रमा यस दररेटमा चार आना जग्गा पनि पाउन सुश्किल छ । जग्गा किनबेच हुँदा कम्तिमा पनि न्युनतम सरकारी दररेट अनुसारको मूल्य राख्नुपर्ने ब्यवस्था छ । जग्गाको सरकारी दररेट न्युन हुँदा राजस्व न्युन हुने गर्दछ । सरकारी दररेट पनि प्रत्येक वर्ष बढाउँदै त लगिएको छ । तर, पछिल्ला वर्षमा जग्गाको कारोबार मूल्य दशौं गुणाले बढेकोले वजार क्षेत्रमा सरकारी दररेट र कारोबार मूल्यमा भने ठूलै अन्तर पाईएको हो ।
यस्तै, बेलकोटगढी नगरपालिकामा तादी पुलबाट कोल्पुटारसम्म सडक दायाँबायाँका जग्गाको प्रतिरोपनी ४४ लाख रुपैयाँ र पासाङल्हामु सडकको दायाँबायाँ प्रतिरोपनी १५ लाख तोकिएको छ । जग्गाको मूल्याङ्कनमा सबैभन्दा कम दररेट दुप्चेश्वर गाउँपालिकाको रहेको छ । दुप्चेश्वरमा कृषि क्षेत्रको खेतको प्रतिरोपनी २० हजार रुपैयाँ र पाखो वारी १५ हजार रुपैयाँ प्रतिरोपनी दररेट राखिएको छ । त्यस्तै आवासीय प्रयोजनको जग्गाको दररेट प्रतिरोपनी ३० हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित