२६ बैशाख, २०८३ । विभिन्न कम्पनीका मोबाइल विक्रेताहरुको संस्था नुवाकोट मोबाइल व्यवसाय संघ नुवाकोटको पहिलो अधिबेशनबाट बट्टार वजारका ब्यवसायी सरोज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा लोकेश प्रधान, सचिव सुरेश अर्याल, सहसचिव कुमार डंगोल र कोषाध्यक्षमा विकास न्यौपाने चयन भएका छन् । यस्तै सदस्यहरुमा समिर भुजेल, विरिलाल महतो, शंकर पाठक, रिनेशकुमार श्रेष्ठ, मुन्ना गिरी, सुवास श्रेष्ठ, सकिल खान, मिलन क्षेत्री, दिनेश घिमिरे, राजेन्द्र श्रेष्ठ, अनिष ढकाल, प्रभात ग्लान चयन भएका छन् । संघले मोवाईल विक्रिवितरण र मर्मतमा एकरुपता ल्याउँदै उपभोक्तालाई प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने उद्येश्य राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
अबिधेशनको उद्घाटन नेपाला मोबाईल ब्यवसायी महासंघका केन्द्रिय सदस्य बद्री कुवरले गर्नुभएको थियो । अबिधेशन उद्घाटन कार्यक्रममा नेपाल मोबाइल ब्यबसायी महासङ बाग्मती प्रदेश सदस्य रजित अर्याल, नुवाकोट उध्योग बाणिज्य सङ दितिय उपाध्यक्ष सबिन राजभन्डारी लगायतले ब्यवसायीहरुको हकहितका लागि संगठित हुनु सकारात्मक रहेको धारणा राखेका थिए ।
नुवाकोटका करिव एक सयजना ब्यवसायी संघमा आवद्ध छन् । संघले केन्द्रसँग आवद्धता राख्दै स्थानीय प्रशासनमा दर्ता भएर कार्य गर्ने सचिव सुरेश अर्यालले जानकारी दिनुभयो ।




















Discussion about this post