बाल सुधार गृहका १८ वर्ष नाघेकाहरूलाई नुवाकोट कारागार सार्ने तयारी
भक्तपुरको बाल सुधार गृहमा तनाव उत्पन्न भएपछि १८ वर्ष नाघेकाहरूलाई नुवाकोट सार्ने तयारी सुरू भएको छ। गएराति उक्त गृहमा १८ वर्ष नाघेका बालबिज्याइँकर्ताले १८ वर्ष भन्दा कम उमेर समूहका व्यक्तिहरूमाथि कुटपिट गरेका थिए। दुई पक्षबीच झडप हुँदा आगजनी समेतको घटना भएको हो। शुक्रबार बिहान स्थिति साम्य भएपछि गृह मन्त्रालयमा मन्त्री ओमप्रकाश अर्याल र महिला, बालबालिका तथा



























































